एम्बाप्पे फ्रान्सको नयाँ कप्तानमा नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७९, ७ चैत्र

काठमाडौं, ७ चैत्र । केलिएन एम्बाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तान नियुक्त भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पेलाई नयाँ कप्तानको जिम्मेवा्री दिइएको हो ।

फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेल नेदरल्याण्डसँग खेल्नेछन् ।

पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई विश्व कपको उपाधि जिताउन महत्त्वपूर्ण योगदान पु¥याएका थिए । यस्तै गएको वर्षको विश्व कपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण फ्रान्स फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया