जहाजको ढोका रातभरि खुला राख्ने नेपाल एयरलाइन्सका दुई इन्जिनियर निलम्बनमा
अखबार टुडे
प्रकाशित:
२०७९, ७ चैत्र

काठमाडौंं, ७ चैत्र । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई इन्जिनियर निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले निगमका दुई इन्जिनियरलाई निलम्बन गरेको हो ।

उनीहरुलाई निलम्बन गरी आवश्यक छानविनसमेत अघि बढाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनकाअनुसार निगमका दुईजना एरोनटिकल इन्जिनियरले वाइडबडी जहाज १८ मार्चको रातभर ह्यांगरमा राख्दा ककपिटको ढोका खुला भएको पाइएपछि इन्जिनियरलाई ग्राउन्डेड गरिएको हो ।

जहाज अवतरण गरी पार्किङमा लगिसकेपछि ढोका राम्रोसँग बन्द भएको हुनुपर्ने र ढोका खुला हुँदा बाहिरबाट अनावश्यक व्यक्तिको प्रवेश हुनसक्ने तथा शंकास्पद वस्तु विमानमा राख्न सक्ने जोखिम हुने उनले बताए ।

प्रतिक्रिया