प्रधानमन्त्री थ्री नेसन्स कपका लागि नेपाली टिमको घोषणा, को-को समेटिए ?
अखबार टुडे
प्रकाशित:
२०७९, ७ चैत्र

काठमाडौं, ७ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । औपचारिक नियुक्तिको प्रक्रिया पूरा हुन बाँकी प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

यसपटक नेपाली टिममा सातजना नयाँ अनुहार छन् । गोलकिपर अभिशेक बराल, डिफेण्डरहरु सनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डहरु मणिकुमार लामा र नवीन लामा तथा फरर्वार्डहरु सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपल्ट टिममा परेका हुन् ।

नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेल भोलि बुधबार लाओससँग र १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा दुई टिमले फाइनल खेल्नेछन् । फिफा विण्डो पारेर दुई टोलीलाई आमन्त्रण गरी अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।

नेपाली टिम
गोलरक्षक: किरण कुमार लिम्बु, दीप कार्की र अभिशेक बराल
डिफेण्डर: सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान्त खड्का ।
मिडफिल्डर: पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास ।
फरवार्ड: आयुश घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी ।

प्रतिक्रिया