उप-निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
अखबार टुडे
प्रकाशित:
२०७९, ७ चैत्र

काठमाडौं, ७ चैत्र । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ ।

विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा सदस्य पदका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ ।

आगामी वैशाख १० गते, तनहुँ १, बारा २ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

चितवन २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो । चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने लागेको हो ।

प्रतिक्रिया