प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
अखबार टुडे
प्रकाशित:
२०७९, ६ चैत्र

काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भएको जानकारी दिए ।

प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् । प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए ।

प्रतिक्रिया