लिम्बू विद्यार्थी मञ्चकी अध्यक्ष दीपा भन्छिन्- ‘ज्यान बलिदान दिन तयार छौँ, कोशी नाम स्वीकारदैनौँ
अखबार टुडे
प्रकाशित:
२०७९, ६ चैत्र

विराटनगर, ६ चैत । पुर्वी नेपाल प्रदेशको नामका कारण अशान्त बनेको छ । प्रदेशसभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ नामाकरण गरेपछि पहिचानवादीहरु आन्दोदलनमा उत्रिएका छन् । उनीहरुले साता दिनयता प्रदेशको ‘कोशी’ खारेज गर्न माग गर्दै सडक आन्दोलन उत्रिएका छन् ।

यसैक्रममा लिम्बू विद्यार्थी मञ्चले पहिचानवादीको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै आइतबार आफ्नो स्थापना दिवश मनाएको छ । कोशी प्रदेशको नाम पुनःनामकरण गर्नुपर्ने माग गर्दै पहिचान पक्षधरले आइतबार विराटनगरमा गरेको प्रदर्शनसँगै लिम्बू विद्यार्थी मञ्चले आफ्नो २५औँ स्थापना दिवश मनाएको हो ।

पहिचान पक्षधरको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै लिम्बू विद्यार्थी मञ्चकी केन्द्रीय अध्यक्ष दीपा लक्सम आइतबार विराटनगर पुगेकी थिइन् । त्यसअघि विद्यार्थी मञ्चले काठमाडौंको माइतीघरस्थित मण्डलामा पनि पहिचानवादीसँग संयुक्तरुपमा ‘कोशी’ नाम खारेज गर्न माग गर्दै आन्दोलनका उत्रिएको थियो ।

त्यसको भोलिपल्ट विराटनगर पुगेकी अध्यक्ष दीपा लक्समले भनिन्, ‘यस वर्ष विद्यार्थी मञ्चले आफ्नो स्थापना दिवश पहिचानवादी आन्दोलनमै मनाएका छौँं ।’ उनले पुर्वी नेपालका पहिचानवादीको आत्मसम्मानका लागि पनि प्रदेशको नाम ‘कोशी’ खारेज गरी पुनः नामाकरण गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘लिम्बुवान हाम्रो पहिचान हो, सभ्यता हो । त्यसैले बरु ज्यान वmिलदान दिन तयार छौँ, कोशी प्रदेश नाम स्वीकार्न तयार छैनौँ ।’

प्रदेशसभाले नामाकरण गरेको ‘कोशी प्रदेश’ नाम खारेज गरी ‘लिम्बुवान किरात’ प्रदेश नामाकरण गर्न माग गर्दै आइतबार संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालयनजिकै प्रदर्शन गरेपछि झडपको भने स्थिति आएको थियो ।
प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड समेत गरेको थियो । सोक्रममा प्रहरीले भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको थियो ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियो । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

तर, पचिानवादीको आन्दोलन निषेधाज्ञाले रोकेको छैन । सोमबार पनि कोशी नाम खारेजीको माग गर्दै विराटनगरमा पहिचानवादी आन्दोलन गरेका छन् । उनीहरुले प्रदेशको नाम पुनःनामारकण नगरिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया