उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ
प्रकाशित:
२०७९, ६ चैत्र
![](https://akhabartoday.com/wp-content/uploads/2023/03/Ramsahayaprasad-yadav-1.jpg)
काठमाडौं, ६ चैत्र । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज विहान शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले शपथग्रहण गरेका हुन् ।
यादव चौथो कार्यकालको लागि गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका हुन् । उनले आजै पदभार ग्रहण गर्दैछन् ।
![](https://akhabartoday.com/wp-content/uploads/2023/03/vice-prisedent-sapath.jpg)
उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले सांसद र जसपाबाट राजीनामा दिएका छन् । यसैबीच पद हस्तान्तरणपश्चात निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाई गरिएको छ ।
प्रतिक्रिया