सरकारले गर्‍यो ५ जना डीआईजीलाई एआईजीमा बढुवा
अखबार टुडे
प्रकाशित:
२०७९, ६ चैत्र

काठमाडौं, ६ चैत्र । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरिएको हो ।

प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो। जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो ।

प्रतिक्रिया