विराटनगरमा उग्र प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर
अखबार टुडे
प्रकाशित:
२०७९, ५ चैत्र

विराटनगर, ५ चैत । कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै पहिचान पक्षधरले गरेको प्रदर्शन उग्र बन्दै गएको छ । पहिचानका आधारमा नाम राख्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गरेपछि झडपको स्थिति बनेको हो ।

प्रदर्शनका क्रममा चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीले भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियो । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया