कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विराटनगरमा पहिचान पक्षधरको प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७९, ५ चैत्र

विराटनगर, ५ चैत । ‘कोशी’ प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै मोरङको विराटनगरमा पहिचान पक्षधरहरूले प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरे पनि उनीहरुले त्यसको बेवास्ता गर्दै प्रदर्शन सुरू गरेका हुन् ।

उनीहरुले ‘कोशी प्रदेश खारेज गर, पहिचान विरोधी होसीयार’ लगायतका नारा लगाएर प्रदर्शन गरिरहेका छन् । आइतबार प्रदर्शनपछि आयोजित सभालाई नेताहरु गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियो । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग संघर्ष समिति बनाएर उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया