हरि गोपालको ‘चन्द्र सूर्य’ले राख्य विश्व रकर्ड, क-कसले पाए प्रमाणपत्र ? (फोटो फिचर)
अखबार टुडे
प्रकाशित:
२०७९, ५ चैत्र

काठमाडौं, ५ चैत । गीतकार तथा बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधानले ‘चन्द्र सूर्य’ बोलको राष्ट्रिय भावनामा आधारित गीत तथा एल्बमको पोष्टर तथा म्यूजिक भिडियोको डिभिडी सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा लोकापर्ण गरेर ‘विश्व रेकर्ड’ राखेका छन् ।

उक्त एल्बम गत बैशाख ३१ गते ओरोही पासाङ रन्डु शेर्पाले विमोचन गरेका थिए । सगरमाथाको चुचुरोमा उक्त एल्बम लोकापर्ण गर्दा शेर्पासँगै अष्ट्रेलियाका सबैभन्दा कान्छो आरोही १९ वर्षकी गब्बी कानिनीले पनि सँगै सगरमाथा आरोहण गरेकी थिइन् ।

शनिबार काठमाडौंमा एक समारोहबीच गीतकार हरि गोपाल प्रधानलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ ।
काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा वल्र्डबुक अफ रेकर्डसका संस्थापक, व्रिटिस सांसद, विरेन्द्र शर्मा, वल्डबुक अफ रकेर्डस् नेपाल च्याप्टरका अध्यक्ष सागर कटवाललगायतको उपस्थिति थियो ।

कार्यक्रममा गीतकार हरि गोपाल प्रधानलाई प्रतिनिधिसभाका सांसद उदय शमशेर जवरा, रेखा यादव, बलराम अधिकारी र सराज अहमद फारुकीले संयुक्तरुपमा उक्त विश्व रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा वल्र्डबुक अफ रेकर्डसका संस्थापक, व्रिटिस पार्लियामेन्ट मेम्बर, विरेन्द्र शर्माले संसारकै उच्च स्थान नेपालमा रहेको र नेपालीले अलौकिक कार्य गरेर पुनः नेपालको नाम उच्च स्थानमा पु¥याउन सफल भएको भन्दै एल्बमका टिमलाई नै बधाई दिएका थिए ।

गीतकार हरि गोपाल प्रधानले विश्व रेकर्ड राख्नकै लागि आफ्नो एल्बम र भिडियो संसारको सबैभन्दा अग्लो सगरमाथाको टुप्पोमा सार्वजनिक गरेको बताए । गीतकार हरि गोपालले यसअघि पनि प्याराग्लाइडिङमा एल्बम विमोचन गरेर विश्व रकर्ड राखिसकेका थिए ।

कार्यक्रममा एल्बमका टीमलाई नै प्रमाणपत्र प्रदान गरिएको थियो । एल्बममा रचनाकार हरि गोपाल प्रधान शब्दरचना र स्वर तथा संगीत हिपहप गायक निर्णय श्रेष्ठ (एनएसके)को रहेको छ ।

यस्तै गीतमा स्वर विष्णु चेम्जोङ पनि रहेको छ । यस गीतको भिडियोमा संगीत संयोजन बालकृष्ण थारु, सिनेम्याटोग्राफी सोहन मानन्धर, कोरियोग्राफर जेनिशा महर्जन, कलाकारहरुमा आराध्यलक्ष्मी खड्की, सरुना श्रेष्ठ, अनुपा राई, करुणा राई, आमीर तामाङ, सोनु नेपाली रहेका छन् ।

यस्तै, भिडियोमा श्रृगांर हेमा पुन मगर, मुना थापा मगर, ड्रेस डिजाइन कुसुम श्रेष्ठ, फोटोग्राफी पद्यसागर कक्षपति, राजेश मानन्धर, राजेन्द्र चित्रकार, आरती पौडेल कटवाल, कोर्डिनेटर र साउन्ड निकेश सुवेदी, प्रडक्सन मेनेजर सागर श्रेष्ठ र निर्माण शब्दयात्रा प्रकाशन, बनेपा रहेको छ ।

प्रतिक्रिया