रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
अखबार टुडे
प्रकाशित:
२०७९, ५ चैत्र

काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उक्त निर्णय गरेसँगै रास्वपा फेरि सरकारमा सहभागी हुने सम्भावना छ । प्रतिनिधि सभामा अहिले रास्वपाका १९ सांसद छन् ।

यसतै एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने भएको छ । केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । यसअघि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आजै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया