प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, ५ चैत्र

काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको महामन्त्री गगन थापाले जानकारी दिए ।

यो निर्णयसँग कांग्रेसले आजको संसद् बैठकदेखि सत्तापक्षको बेञ्चमा बस्ने भएको छ भने भने एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ ।

फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैले प्रमुख विपक्षीको दाबी गरेपछि संसद बैठक बस्न सकेको थिएन । प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया