सुनको मूल्यमा नयाँ कीर्तिमान, आज २९ सयले बढ्यो
प्रकाशित:
२०७९, ५ चैत्र

काठमाडौं, ५ चैत्र । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । यसअघि गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भई उच्च मूल्य रेकर्ड बनेको थियो ।
तर आज (आइतबार) सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
गत शुक्रबार प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
