१३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
अखबार टुडे
प्रकाशित:
२०७९, ५ चैत्र

काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविध्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

लामो समयपछि स्ववियुको नयाँ नेतृत्व छान्न आज(आइतबार) बिहान ८ बजे देखि मतदान सुरु भएको हो । सबैजसो क्याम्पसमा मतदान भइरहे पनि विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन रोकिएको हो । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद कीर्तिपुर र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध भएको छ ।

उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ ।

प्रतिक्रिया