कलाकार संघको अध्यक्षमा मोहन निरौला र महासचिवमा सविन श्रेष्ठ निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ४ चैत्र

काठमाडौं, ४ चैत । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा बरिष्ठ कलाकार मोहन निरौला निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा आफ्ना प्रस्पिर्धी रेजिना उप्रेतीलाई पछि पार्दै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै, संघको उपाध्यक्षमा कविता गेलाल महिलातर्फ र उपाध्यक्षपुरुषतर्फ शिवहरि बैरागी निर्वाचित भएका छन् ।
संघको महासचिवमा अभिनेता सबिन श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृतले जनाएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल र सहकोषाध्यक्षमा पबित्रा आचार्य निर्वचित भएका छन् ।

प्रतिक्रिया