उपराष्ट्रपतिमा जनमतकी ममता झालाई मत दिने रास्वपाको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, ३ चैत्र

काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ । सत्ता गठबन्धनबाट जसपा र एमालेले उठाएको उम्मेदवारमा स्वार्थ देखिएको भन्दै रास्वपाले झालाई मत दिने निर्णय गरेको हो ।

एक सांसदले रास्वपा र जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निष्कर्षमा पुगेको बताए ।

उपराष्ट्रपति चयनका लागि संसद भवन बावेश्वरमा मतदान भइरहेको छ । उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।

प्रतिक्रिया