अब सम्झानामा मात्रै रहे निर्देशक प्रताप सुब्बा
अखबार टुडे
प्रकाशित:
२०७९, २ चैत्र

काठमाडौं, २ चैन । बरिष्ठ फिल्म निर्देशक प्रताप सुब्बा अब सम्झानामात्र बाँकी रहे । ‘परालको आगो’जस्तो नेपाली मौलिक फिल्म निर्देशन गरेर मौलिक फिल्मको प्रणेताका रुपमा समेत चिनिएका निर्देशक सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ ।
निर्देशक सुब्बाको भारतको सिलगुडीस्थित एक अस्पतालमा निधन स्थानीय मिडियोले उल्लेख गरेका छन् ।
बाँच्न चाहनेहरु, मसाल, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, चट्याङ, भीष्म प्रतिज्ञा लगायत दर्जनभन्दा बढी फिल्मका निर्देशक सुब्बाले बिसं २०३५ मा ‘परालको आगो’बाट निर्देशन थालेका थिए । उनी नेपाली मुलमा भारतीय निर्देशक थिए ।

थुप्रै टेलिफिल्म समेत निर्देशन गरेका उनी फिल्म ‘चट्याङ’का पटकथा लेखक पनि हुन् । उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर थुप्रै प्राविधिकसमेत जन्माएका छन् । निर्देशक सुब्बाको निधनले नेपाली फिल्म क्षेत्रलाई अतुलनीय क्षति भएको छ । सुब्बाको निधनप्रति कलाकर्मीले सामाजिक संजालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया