नेपाल खबर

युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं, २ चैत । युएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । डकवर्थ लुइस नियमका आधारमा नेपालले युएईलाई ९ रनले हराएको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो ।

खेल खेलाउन अँध्यारो भएका कारण डकवर्थ लुइस नियमका आधारमार नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भएको हो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top