नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य
अखबार टुडे
प्रकाशित:
२०७९, २ चैत्र

काठमाडौं, २ चैत । आईसीसी विश्व कप क्रिकेट लिग–२ शृङ्खलाको अन्र्तगत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो ।

युएईका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका हुन् । एसोसिएट क्रिकेटमा आज आशिफले सबैभन्दा छिटो शतक हान्ने रेकर्ड पनि बनाएका छन् । यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए ।

बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए । नेपालले अब केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया