मन्त्री र उच्च पदस्थ कर्मचारीले अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न नपाउने
अखबार टुडे
प्रकाशित:
२०७९, १ चैत्र

काठमाडौं, १ चैत्र । सरकारले अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको छ । फजुल खर्च भएको भन्दै मन्त्री र उच्च पदस्थ कर्मचारीलाई अतिआवश्यक अवस्थामा बाहेक विदेश भ्रमण गर्न रोक लगाएको हो ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बुधवार मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक गर्दै मन्त्री र कर्मचारीले अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न नपाउने जानकारी दिइन् ।

मन्त्रिपरिषद बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ भने यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ ।

बैठकले पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिवको संयोजकत्वमा कार्यन्वयन सहजीकरण समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया