चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी
प्रकाशित:
२०७९, १ चैत्र
काठमाडौं, १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेका प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिने तयारी गरेका हुन् ।
गत फागनु १३ गते राप्रपाले र फागुन १५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका थिए ।
फागुन १३ देखि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गरेको बताइएको छ ।
प्रतिक्रिया