मगर संघ हङकङद्वारा संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनको नाममा अक्षयकोष स्थापना
अखबार टुडे
प्रकाशित:
२०७९, १ चैत्र

काठमाडौं १ चैत । मगर संघ नेपालका संस्थापक अध्यक्ष स्व.हेमबहादुर पुन मगरको नाममा अक्षयकोष स्थापना भएको छ । केही दिनअघि संघको ४१औँ स्थापना दिवशको अवसरमा हङकङ मगर संघ एक कार्यक्रमबीच अक्षयकोष स्थापनाको घोषणा गरेको हो ।

संस्थापक अध्यक्ष पुनले पहिलोपटक मगरहरुलाई एकजुट बनाउन संघ स्थापना गरेका थिए । उनले मगर समुदायमा पु¥याएको योगदानको कदर गर्दै आफूहरुले अक्षयकोष स्थापना गरेको मगर संघ हङकङका अध्यक्ष हर्कप्रसाद राना मगरले बताए ।

मगर संघ हङकङका अध्यक्ष राना मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व.हेमबहादुर पुन मगरको सम्झनामा शिक्षा र स्वास्थ्य शीर्षकमा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो । उक्त अक्षयकोष शिक्षा तथा स्वास्थ्य शीर्षकमा खर्च गरिने अध्यक्ष हर्कप्रसाद मगरले बताए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्ण दर्लामी मगरले गरेका थिए । संघका उपाध्यक्ष शिला राना मगरले स्वागत मन्तब्य राखेको र्काक्रममा संस्थापक स्व. हेमबहादुरको तस्बिरमा पुष्पाअर्पणसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाल वैदेशिक शाखाका सचिव नीता थापा मगर, अल्पसंख्यक हङकङका अध्यक्ष शिला धमला, भातृ संस्था पुन मगर समाज हङकङका पूर्वअध्यक्ष जसबहादुर चोचाङ्गी पुन मगर, जातीय संस्थाबाट तमु समाज हङकङका अध्यक्ष नरेन्द्र गुरुङ, जनसम्पर्क समिति हङकङका सभापति काजी गुरुङका आलाव प्रमुख अतिथि पुर्ण दर्लामी मगर र संस्थाका अध्यक्ष हर्कप्रसादले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा तमु समाज हङकङको तेस्रो अधिबेसनबाट निर्वाचित नरेन्द्र गुरुङलाई सम्मान गरिएको थियो । संस्थाका महासचिव झलक थापा मगरले सञ्चालन गरेको कार्यक्रममा चर्चित कलाकार प्रकाश सपूत र ताराश्रीष मगरलगायतका कलाकार मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया