रुसी लडाकु विमानसँग ठोक्किएर खस्यो अमेरिकी ड्रोन : रुस-अमेरिकाबीच टकराव बढ्ने संकेत
अखबार टुडे
प्रकाशित:
२०७९, १ चैत्र

काठमाडौं, १ चैत । रुसी लडाकु विमानसँग ठोक्किएर आफ्नो एक मानवरहित विमान ‘ड्रोन’ ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ । मंगलबार भएको उक्त घटनाले युक्रेन युद्धलाई लिएर रुस र अमेरिकाबीच प्रत्यक्ष टकराव बढ्ने जोखिमको सङ्केत गरेको छ ।

बीबीसीले उल्लेख गरेअनुसार ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा पूर्व निर्धारित उडानमा रहँदा दुई रुसी विमानले त्यसलाई रोक्न खोजेको अमेरिकाले बताएको छ ।

रुसले ड्रोनको ‘आकस्मिक चाल’का कारण दुर्घटनाग्रस्त भएको जानएको छ । उसले आफ्ना दुई विमानको उक्त ड्रोनसँग प्रत्यक्ष सम्पर्क भएको आरोप अस्वीकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार एमक्यू–९ रिपर ड्रोन त्यसलाई नियन्त्रण वा निगरानी गर्ने उपकरण, ट्रान्सपोन्डरहरू बन्द गरेर उडिरहेको थियो ।

समाचारहरुमा बताइएअनुसार रिपर ड्रोनहरू २० मिटरसम्म फैलिएको निगरानी गर्ने विमान हो । जसले सञ्चार उपकरणहरूले विमानलाई निगरानी गर्ने अनुमति दिन्छ ।

दुर्घटना मंगलबार मध्य युरोपेली समयअनुसार करिब ७ बजेपछि भएको अमेरिकी सेनाले जनाएको बीबीेसीले उल्लेख गरेको छ । ‘हाम्रो एमक्यू–९ विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित सञ्चालन भइरहेको बेला रुसी विमानले यसलाई रोकेर ठक्कर दियो । त्यसैले उक्त विमान दुर्घटनाग्रस्त भयो र ड्रोन पूर्ण रूपमा क्षतिग्रस्त भयो’ एक विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले वाशिङ्टनस्थित रुसी राजदूत अनातोली एन्टोनोभलाई बोलाएर उक्त घटनाको विरोध जनाएको थियो । बैठकपछि रुसी सरकारी सञ्चारमाध्यमले एन्टोनोभलाई उद्धृत गर्दै मस्कोले ड्रोन दुर्घटनालाई ‘उत्तेजना’को नतिजाका रूपमा व्याख्या गरेको बताएको छ ।

अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा सधैँ उडान सञ्चालित भएपनि रुसले युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण गरेपछि अमेरिका र यूकेले त्यस क्षेत्रमा जासुसी र निगरानी उडानहरू बढाएका छन् ।

मंगलबार रुसले अमेरिकी ड्रोन र त्यसको काममा बाधा पु¥याउने प्रयास गरेको थियो वा नियोजित रूपमा खसालेको थियो भन्ने प्रश्न सिर्जना भएको छ ।

अमेरिकाका अनुसार उक्त क्षेत्रमा सम्बद्ध विमानहरूसँग अन्तरक्रिया गर्ने ‘रुसी विमान चालकहरूले जोखिमपूर्ण कार्यहरू दोहोराएका’ छन् ।

त्यसैले रुसी विमान चालकहरूको गल्तीका कारण ड्रोनको निकै नजिक पुगेको र दुर्घटना भएको हुनसक्ने सम्भावना छ । यदि यो नियोजित हमला हो भने यस घटनाले उत्तेजना बढाउने छ ।

बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार पश्चिमा देशहरूले रुससँग प्रत्यक्ष टकराबमा उत्रिएर युक्रेन युद्ध रोक्न कडा प्रयास गरिरहेका छन् । तर, अब ब्ल्याक सीमा भएको यस घटनाबारे अमेरिकाले आफ्नो प्रतिक्रियाको मूल्याङ्कन गर्नु पर्नेछ । अमेरिकी सैन्य कमान्डरहरूले उनीहरूको विज्ञप्तिमा यसलाई ‘जोखिमपूर्ण कार्य’ भन्दै चेतावनी दिएका छन् ।

प्रतिक्रिया