काठमाडौंमा लघुवित्त र मिटरब्याजी पीडितको आन्दोलन, के हो माग ?
अखबार टुडे
प्रकाशित:
२०७९, ३० फाल्गुन

काठमाडौं, ३० फागुन । लघुवित्त र मिटरब्याजी पीडितले काठमाडौंमा आन्दोलन गरेका छन् । मंगलबार ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितले काठमाडौंमा संयुक्त आन्दोलन गरेका हुन् ।

उनीहरुले लघुवित्त र मिटरब्याजीले ऋण मिनाहा गर्नुपर्ने, किसानलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् । लघुवित्तीय संस्थाले फिर्ता नहुने गरी केन्द्र बचतको नाममा विगत ३० वर्षदेखि गरेको प्रति सदस्य शुल्क फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ पटक पुनःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋण बाहेकका विभिन्न नाममा गरिएको बचतकर्ताको रकम हिसाब गरेर फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

आन्दोलनमा सहभागीले ‘समाजवादी अर्थतन्त्रको विकास गर, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर’ लगायतका प्लेकार्ड बोकेर आन्दोलन गरेका छन् ।

प्रतिक्रिया