१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
अखबार टुडे
प्रकाशित:
२०७९, ३० फाल्गुन

काठमाडौं, ३० फागुन । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै, मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया