काठमाडौं, ३० फागुन । हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ ।
देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै, तराईका केही स्थानमा समेत मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
यस्तै, बुधबार कोशी प्रदेशलगायत बाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, बिहीबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।