नेपाल खबर

शीतल निवासबाट विदा भइन् विद्या भण्डारी

काठमाडौं, २९ फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विदा भएकी छन् । लगातार दुई कार्यकाल पूरा उनी सोबार शीतल निवासबाट विदा भएकी हुन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदा गरे । भण्डारी शीतलनिवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् ।

उनका स्वकीयसचिव भेषराज अधिकारीका अनुसार भण्डारी यसअघि काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा थिइन् । तर, त्यहाँ मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि छोरीको घरमा बस्न लागेको हो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top