उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी कायमै राख्ने निर्वाचन आयोगको निर्णय
प्रकाशित:
२०७९, २८ फाल्गुन
काठमाडौं, २८ फागुन । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन् ।
राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भइसकेका कारण उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरीत रहेको दाबीसहित उजुरी दर्ता गरिएको थियो ।
यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीउपर छानबिन गर्दै निर्वाचन आयोगले उम्मेदवारी बदर गर्न नपर्ने जनाएको हो ।
प्रतिक्रिया