एकै दिन १७ सयले बढ्यो सुनको मूल्य
अखबार टुडे
प्रकाशित:
२०७९, २८ फाल्गुन

काठमाडौं, २८ फागुन । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार २५ रूपैयाँले बढेर १ हजार २४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बजार बन्द हुँदा सुन एकै दिन प्रतिऔंस ३५.९ डलर बढेकाले त्यसको असर नेपाली बजारमा परेको महासंघले जनाएको छ ।

प्रतिक्रिया