सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १९ घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, २८ फाल्गुन

काठमाडौं, २८ फागुन । सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा दुर्धटना भएको हो ।

दुर्घटनामा १९ जना घाइते भएको भएको छ । उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया