काठमाडौं, २६ फागुन । नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
लामो समयदेखि रिक्त रहेको एआईजी पदमा बढुवाका लागि गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार उनीहरूलाई सिफारिस गरेको हो । सिफारिसको एक नम्बरमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख बसन्तबहादुर कुँवर छन् भने दोस्रोमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेकप्रसाद राई छन् ।
यस्तै, बागमती प्रदेश प्रहरी प्रमुख दीपक थापा तेस्रोमा, कोशी प्रदेश प्रहरी प्रमुख श्यामलाल ज्ञवाली चौथोमा र प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत किरण बज्राचार्य पाँचौंमा छन् । यिनै पाँच जनामध्ये आउँदो चैतपछि प्रहरी महानिरीक्षक बन्नेछन् ।
