उपराष्ट्रपति उम्मेदवार बन्न रञ्जिताको उमेर नपुग्ने
प्रकाशित:
२०७९, २६ फाल्गुन
काठमाडौं, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उनी अयोग्य देखिएकी हुन् ।
नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । तर रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् । संसद सचिवालयका अनुसार रञ्जितको उमेर ३९ वर्ष मात्र छ ।
प्रतिक्रिया