सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन
अखबार टुडे
प्रकाशित:
२०७९, २६ फाल्गुन

काठमाडौं, २६ फागुन (एजेन्सी) । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । शुक्रबार नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको हो ।

योसँगै चीनमा माओत्सेतुङपछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने सी पहिलो व्यक्ति बनेका छन् । सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

यसअघि चिनियाँ संविधानमै दुई कार्यकालभन्दा बढी पार्टीको महासचिव र राष्ट्रपति बन्न नपाइने व्यवस्था गरिएको थियो । सीले आफ्ना लागि उक्त संवैधानिक व्यवस्था नै हटाएका थिए ।

सी फेरि राष्ट्रपति बन्छन् भन्ने कुरा गत अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशनबाट नै टुंगो भएको थियो । त्यतिबेला उनी तेस्रो कार्यकालका लागि महासचिव चुनिएका थिए ।

प्रतिक्रिया