चैतदेखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, पुरानोको बैशाखबाट
अखबार टुडे
प्रकाशित:
२०७९, २५ फाल्गुन

काठमाडौं, २४ फागुन । नेपाल बैंकर्स संघले चैत १ गतेबाट लागू हुने गरी बैंकले संकलन गर्ने निक्षेप र जारी गर्ने कर्जा दुवैको ब्याजदर घटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको संघको बैठकले चैतमा साधारण बचतको ब्याजदर ०.४ प्रतिशत र कर्जाको प्रिमियमदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो । मुद्दति निक्षेपको ब्याजदर भने परिवर्तन घट्ने छैन ।

अब बैंकहरूले साधारण बचतमा न्यूनतम ६ देखि ८ प्रतिशतसम्म ब्याज दिनेछन् । हाल यसमा ६.४२ देखि ८.४२ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् । बैंकहरूले मुद्दति निक्षेपमा साविककै ११.४१ प्रतिशत ब्याजदर दिइरहेका छन् ।

त्यस्तै कर्जामा हाल लिँदै आएको अधिकतम ६ प्रतिशतसम्म प्रिमियम ब्याजदर घट्ने भएको छ । बैंकहरूले अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जामा ब्याज लिनेछन् ।

बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार यो निर्णयसँगै १/२ प्रतिशत बिन्दुसम्म कर्जाको ब्याजदर घट्ने देखिन्छ भने लगभग एक चौथाई निक्षेपको लागत घट्ने छ ।

पुराना ऋणिको भने वैशाखबाट कर्जाको ब्याजदर घट्नेछ । राष्ट्र बैंकले पुरानो कर्जाको ब्याजदर परिवर्तन गर्दा तीन महिनाको औषत आधार दर लिएर मात्र गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया