संविधानको भावनालाई अक्षरशः इमान्दारितापूर्वक पालना गर्ने कुरामा प्रतिबद्ध छु : रामचन्द्र पौडेल
अखबार टुडे
प्रकाशित:
२०७९, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । आठ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताएका छन् ।

बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरेपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै संविधानको भावनालाई अक्षरशः इमान्दारितापूर्वक पालना गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताए । पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा आफू सचेत रहेको,समत बताए ।

आफूले सबैको माया पाएर राष्ट्रपति बन्ने उनले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्छु’ उनले भने, उनले भने, ‘गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि अहिले संसद भवन नयाँ बानेश्वरमा मतदान जारी छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । राष्ट्रपति निर्वाचनको मरिणाम आजै साँझसम्ममा आउने निर्वाचन कार्यलयले जनाएको छ ।
राष्ट्रपति पदका लागि पौडेलसँगै नेकपा एमालेबाट सुवास नेम्बाङ उम्मेदवार रहेका छन् । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको मात्रै भर छ ।

प्रतिक्रिया