‘राष्ट्रिय म्युजिक अवार्ड-२०७९’मा गीतकार हरिगोपालका दुई गीत मनोयन
अखबार टुडे
प्रकाशित:
२०७९, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । बरिष्ठ फोटोपत्रकार एवं गीतकार हरिगोपाल प्रधानको दुई वटा ‘राष्ट्रिय म्युजिक अवार्ड-२०७९’मा मनोयनमा परेको छ ।

गीतकार हरिगोपालको ‘पहाडी हामी, पहाडीवासी साहसी’ र ‘सागरमाथा यहाँ बुद्ध यही जन्मे’ बोलको राष्ट्रियभावनामा आधारित गीतका लागि मनोनयमा परेका हुन् ।

बुधबार अनामनगरस्थित किम्ची बैंक्वन्टको सभाहलमा आयोपजत एक कार्यक्रममा नेपाल संगीत उद्योग संघद्वारा आयोजना आयोजित ‘राष्ट्रिय म्युजिक अवार्ड-२०७९’मा टप ५ मा पर्न सफल कलाकार र सिर्जनाका स्रगष्टाहरुलाई मनोनयन पत्र प्रदान गरिएको थियो ।

गीतिकारितामार्फत ‘वल्र्ड बूक रेकर्ड’समेत राखिसकेका गीतकार हरिगोपालले आफ्ना दुई गीतबाट मनोनयन पत्र ग्रहण गरेका छन् ।

हरिगोपालको मनोनयनमा परेको गीत ‘पहाडी हामी, पहाडीवासी साहसी’ गीतमा चर्चित पाश्वगायक उदितनारायण झा, ज्ञानबहादुर, शान्ति मानन्धर र प्रमिला उप्रेतीले स्वर दिएका छन् भने ‘सागरमाथा यहाँ बुद्ध यही जन्मे’ बोलको गीतमा चर्चित र्यापर गायक निर्णय श्रेष्ठ र गायिका विष्णु चेम्जोङ्गले स्वर दिएका छन् ।

मनोनयनमा परेका कलाकार तथा स्रष्टाहरुलाई केही समयपछि काठमाडौंमा एक समारोहबीच अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया