नेपाल एयरलाइन्सले महिला क्रु मात्र समेटेर पहिलोपटक गर्‍यो अन्त्र्राष्ट्रिय उडान (तस्विरहरु)
अखबार टुडे
प्रकाशित:
२०७९, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । नेपाली वायुसेवा निगमले पाइलटसहित सबै महिला क्रुले मात्र अन्तराष्ट्रिय उडान भरेको छ । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा बुधबार दुवई–काठमाडौं उडान गरेको हो ।

निगमको हवाई इतिहासमै पहिलो पटक उडान नम्बर आर.ए. २३० दुवई–काठमाडौं उडानमा सम्पूर्ण महिला चालकदलका सदस्यहरु सहभागी भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान चालकदलका सदस्यहरु फर्किँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती तथा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत गरेका थिए ।

उक्त उडानमा कमाण्डर पाइलट भावना गिरी पन्त, को–पाइलट श्रृजना रावत, आइएफएस बास्ना राना, फ्लाईट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता के.सी. र अनिशा प्रजापति रहेका थिए ।

यसअघि निगमको विमानबाट फागुन २१ मा पहिलो पटक पाइलट भावना गिरी पन्त र को–पाइलट श्रृजना रावत, दुई महिला पाइलटले ककपिट सम्हालेर काठमाडौं दुवई सरक्षित उडान गरेर निगमकै इतिहासमा दुई महिला पाइलटहरुले अन्तर्राष्ट्रिय उडान गरेका थिए ।

निगममा ९६ जना महिला क्याबिन क्रू रहेका छन् । निगमका अनुसार कार्यरत १४५ जनामध्ये ९६ जना महिला क्याविन क्रू रहेका हुन् । हाल निगममा कुल ९ जना महिला पाइलट रहेकामा १ जना ए३३०, ४ जना ए३२० र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया