नेपालको हवाइ इतिहासमै पहिलोपटक महिला क्रु-मेम्बर मात्रैले भरे अन्तर्राष्ट्रिय उडान
अखबार टुडे
प्रकाशित:
२०७९, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । नेपालको हवाइ इतिहासमा पहिलोपटक नेपाली महिला पाइलट समूहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् । ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले युएईका लागि बुधबार आफ्नो विमानका सबै क्रु मेम्बर महिलालाई राखेर उडान भरेको हो ।

यसअघि केही दिनअघि नेपाल एयरलाइन्सकै दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका भरेका थिए । गएको आइतबार पाइलट भावना गिरी पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले युएई उडान भरेका हुन् ।

युएईबाट काठमाडौँका लागि बुधबार आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।

नाइन एन एकेएक्स जहाजको कमान्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को–पाइलटमा सृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, सङ्गीता केसी र अनिशा प्रजापति रहेका छन् ।

प्रतिक्रिया