अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा भगवती र जुरेलीलाई सफलता
अखबार टुडे
प्रकाशित:
२०७९, २३ फाल्गुन

काठमाडौं, २३ फागुन । नेपाली रेस्लर भगवती खड्का ९युनिका०ले अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । सोमबार भक्तपुरमा भएको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् ।

होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित हात पारका छन् ।
रिङसम्म पुग्न नेपाल ब्रोले कार तथा शेर खानले मोटरसाइकल प्रयोग गरेका थिए । नेपालका कृष्ण मगर ९सिन्धुपाल्चोक टाइगर०ले पाकिस्तानका अली खानलाई पाखा लगाए ।

नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलिया निर्णायक रहेका थिए । वि.सं. २०७१ सालमा स्थापना भएको फाउन्डेसनले यसअघि काठमाडौंको विभिन्न स्थानमा प्रतियोगिता आयोजना गरिएको भएपनि भक्तपुरमा भने पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गरेको हो ।

प्रतिक्रिया