नेयमारले यो सिजनको बाँकी खेल गुमाउने
प्रकाशित:
२०७९, २३ फाल्गुन
![](https://akhabartoday.com/wp-content/uploads/2023/03/neymar.jpg)
काठमाडौं, २३ फागुन (एजेन्सी) । पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलीयन फरवार्ड नेयमारले बाँकी सिजनका सबै खेल गुमाउने भएका छन् ।
गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जीत निकाल्ने क्रममा नेयमार घाइते भएका थिए । नेइमारले खुट्टामा चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएकाले सिजनका बाँकी खेल गुमाउने भएका हुन् ।
क्लबका अनुसार उनी मैदानमा फर्कन तीनदेखि चार महिला लाग्ने देखिएको छ । ३१ वर्षीय नेयमारले पछिल्ला केही वर्षयता दाहिने खुट्टामा लगातार चोट बोकिरहेको छन् ।
सन् २०२२ को विश्वकपमा सर्वियाविरुद्धको समूहको पहिलो खेलमा चोट लागेपछि उनले ब्राजिलका दुई खेल गुमाएका थिए । नेयमारले दायाँ खुट्टाको लिगामेन्ट च्यातिएकै कारण सन् २०१९ को कोपा अमेरिका कपसमेत गुमाएका थिए । यस्तै सन् २०२१ मा पनि सोही खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार