लिग-२ मा यूएईविरुद्ध नेपालको शानदार जित, विश्व कप छनोट खेल्ने सम्भावना कायमै
अखबार टुडे
प्रकाशित:
२०७९, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपालले यूएईमाथि पहिलो जित निकालेको छ । नेपालले यूएईलाई ४२ रनले हराएको हो ।

नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १ सय ८७ रनमा अलआउट हुँदै रनमात्र बनाउन सक्यो । यूएईका लागि आसिफ खानले ८२ र आर्यन लाक्राले ५० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र आरिफ शेखले १/१ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायो । निकै खराब ब्याटिङ गरेको नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए ।

यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लार्काले २/२ विकेट लिए ।

यस शृङ्खलामा नेपालले ४ खेल खेल्दा ३ मा जित निकालेको छ । जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ भने लिग–२ को अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ ।

नेपालले सबै खेल जिते शीर्ष ३ मा रहँदै सिधै जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउने छ । स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेका छन् । तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया