विश्वकप लिग-२ : नेपालले यूएईलाई दियो २ सय ३० रनको लक्ष्य
अखबार टुडे
प्रकाशित:
२०७९, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनाएको हो । ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरे ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लार्काले २/२ विकेट लिए । यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

प्रतिक्रिया