साढे १७ लाख निष्क्रिय डिम्याट खाता बन्द गरिंदै
अखबार टुडे
प्रकाशित:
२०७९, २१ फाल्गुन

काठमाडौं, २१ फागुन । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सेयर नभएका र लामो समयदेखि सञ्चालनमा नआएका निष्क्रिय डिम्याट खाता सधैंका लागि बन्द गर्ने भएको छ ।

निश्चित समयभन्दा धेरै निष्क्रिय रहेका डिम्याट खाता बन्द गर्ने तयारी गरिएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिएका हुन् ।

त्यसका लागि कानुनी व्यवस्थालाई परिमार्जन गरी निष्क्रिय रहेका डिम्याट खाता सीडीएससी आफैले बन्द गर्न पाउने व्यवस्थाका लागि नियामक निकाय धितोपत्र बोर्डमा लेखी पठाइएको उनले जानकार दिए ।

विद्यमान कानुनले खातावालाको अनुमतिविना डिम्याट खाता बन्द गर्न पाइँदैन । धितोपत्र वोर्डको अनुमति पाएपछि सीडीएससीलसे ती खाताहरु बन्द गर्ने छ ।

सीडीएससीका अनुसार अहिलेसम्म ५५ लाख ७७ हजार डिम्याट खाता खोलिएकोमा ३२ प्रतिशत अर्थात १७ लाख ६३ हजार खाता निष्क्रिय छन् । ती खाताहरुमा शेयर पनि नरहेको र खाताको नवीकरण समेत नगरिएको पनि सीडीएससीले जनाएको छ ।

प्रतिक्रिया