बाहुबली-२ लाई उछिन्दै ‘पठान’ बन्यो सबैभन्दा धेरै कमाउने भारतीय फिल्म
अखबार टुडे
प्रकाशित:
२०७९, २१ फाल्गुन

काठमाडौं, २१ फागुन (एजेन्सी) । शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ भारतमा सबैभन्दा बढी कमाउने फिल्म बनेको छ ।

पठानले सन् २०१७ मा रिलिज भएको प्रभासको फिल्म ‘बाहुबली २’ को कीर्तिमान तोडेको हो । बाहुबलीले हिन्दी बक्स अफिसमा ५१०.९९ करोड कमाउँदै सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो ।

फिल्म ‘पठान’ ले ३८ औँ दिनमा भारतीय बक्स अफिसमा ५११.७० करोड कमाइसकेको छ । फिल्म ‘पठान’ २५ जनवरी २०२३ मा सिनेमाघरमा रिलिज भएको थियो ।

प्रतिक्रिया