कुशल भुर्तेलले युएईविरूद्धको खेल गुमाउने
अखबार टुडे
प्रकाशित:
२०७९, २१ फाल्गुन

काठमाडौं, २१ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले सोमबार हुने युएईविरुद्ध खेल गुमाउने भएका छन् ।

ग्रोइङको समस्याका कारण भुर्तेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु टोली यूएईसँगको खेल गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यानका अनुसार उनको स्थानमा मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोरालाई मौका दिइएको छ । भुर्तेलले पछिल्ला ५ खेलमा अपेक्षाकृत खेल्न सकेका छैनन् ।

अहिले दुबईमा नेपाल, पिएनजी र युएईबीच त्रिकोणात्मक एकदिवसीय सिरिज भइरहेको छ । त्यसपछि नेपाल, यूएई र पपुवा न्युगिनिसम्मिलित लिग टु को अन्तिम शृखंला काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया