पर्खाल नाघेर शाहरूख खानको घरमा छिरे दुई व्यक्ति
प्रकाशित:
२०७९, १९ फाल्गुन
काठमाडौं, १९ फागुन (एजेन्सी) । बलिउड अभिनेता शाहरूख खानको घर मन्नतमा दुई व्यक्ति जबरजस्ती छिरेका छन् । बिहीबार दुई व्यक्ति पर्खाल नाघेर शाहरूखको घरमा जबरजस्ती छिरेका हुन् ।
सुरक्षाकर्मीले उनीहरूलाई समाते पुलिसलाई बुझाएका थिए । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मुम्बई पुलिसले उनीहरूसँग सोधपुछ गरेको र सो क्रममा उनीहरू शाहरूखको फ्यान भएको बताएका छन् ।
उनीहरूले शाहरूलाई भेट्न गुजरातबाट आएको बताउका छन् । मुम्बई पुलिसले उनीहरूविरूद्ध कसैको निजी सम्पत्तिमा बिनाकारण छिरेको उजुरी दर्ता गरेको छ । पुलिसले उनीहरूको कुनै आपराधिक रेकर्ड छ कि छैन भनेर जाँच भइरहेको बताइएको छ ।
अभिनेता शाहरूख खानको फिल्म ‘पठान’ ले विश्वभरबाट १ हजार करोड भारूभन्दा बढी ग्रस कलेक्सन गरेको छ। यसैवर्ष उनको फिल्म ‘जवान’ र ‘डंकी’ प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया