यो गठबन्धनलाई कांग्रेसले धोका दिँदैन : महामन्त्री थापा
प्रकाशित:
२०७९, १९ फाल्गुन
काठमाडौं, १९ फागुन । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने बताएका छन् ।
राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन गरेरै चुनावमा गएकाले ५ वर्ष नै गठबन्धन बचाउनुपर्ने बताए । उनले गठबन्धनमा कांग्रेसले धोका नदिने बताएका छन् ।
उनले भने, ‘यो गठबन्धन पाँच वर्ष नै टिक्छ । कांग्रेसले धोका दिँदैन । कांग्रेसले दिएको वचन पूरा गर्छ । यो संसद्लाई जोखिममा जान दिँदैनौं । गठबन्धन गरेर चुनावमा गएपछि अब पाँच वर्ष त्यो गठवन्धन बचाउन पर्छ । वचन फेर्न मिल्दैन ।’
त्यस्तै राष्ट्रपति चुनावमा मत बदर हुँदा लाजमर्दो हुने भन्दै मतदातालाई फोटो भएको ठाउँमा स्वस्तिक छाप लगाउन पनि उनले आग्रह गरे ।
प्रतिक्रिया
सम्बन्धित समाचार