नेपाल खबर

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु र गौतमबुद्धमा हंशराज

काठमाडौं, १९ फागुन । सरकारले त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक तोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिएको हो ।

तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा उपमहानिर्देशक थिए । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको आरोपमा निलम्बनमा परेपछि उक्त पद खाली थियो ।

यस्तै भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ । हंशराज भने यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुँदैछन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top