ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७९, १९ फाल्गुन

काठमाडौं, १९ फागुन (एजेन्सी) । मध्य ग्रीकमा मंगलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको संख्या ५७ पुगेको अधिकारीहरुले जानकारी दिएका हुन् ।

उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो । ती घाइते भएकाहरु मध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएको हो ।

मध्य ग्रीकको टेम्पी नगरपालिकामा मंगलबार मध्यरातमा मालबाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेल ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो ।

यहाँको रेल सेवाका अधिकारीले दिएको जानकारीअनुसार उक्त यात्रुवाहक रेलमा तीन सय ४६ जना यात्रु सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीक प्रहरीले जनाएको छ ।

ग्रीक प्रहरीका प्रवक्ताले अझै पनि सो दुर्घटनामा परेका ४८ जना घाइते अस्पतालमा रहेका छन् । ती घाइतेमध्ये छ जना गम्भीर अवस्थामा रहेका र उनीहरुको आइसियुमा उपचार भइरहेको छ । यहाँको अग्नि नियन्त्रक सेवाले शुक्रबारसम्ममा घाइतेको खोजी र सम्पूर्ण उद्धारको काम सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया